Welcome

गरिब छु दुखि छैन किनकी मेहनत ले बाचेको छु हैसियत भन्दा ठुला सपना देख्ने गरेको छैन ।
Share:

*** निष्ठुरी यो पापी शहर ***

*** निष्ठुरी यो पापी शहर *** हिड्दा हिड्दै थाकीसके म, टुहुरा यी मेरा रहर सयौ चोट दियो मलाई, निष्ठुरी यो पापी शहर बेइमानी झुठाको राज, दया माया कुनचै चरा इमान यो बिना कामको,सत्य मर्छ हर प्रहर सयौ चोट दियो मलाई, निष्ठुरी यो पापी शहर धर्म कर्म पैंतला मुनी,पैसै ब्रह्मा विष्णु महेश कालो मेघ छायो डरको,मृत्युको यो कस्तो कहर सयौ चोट दियो मलाई, निष्ठुरी यो पापी शहर
Share:

लाजले भुतुक्कै (गजल)

तिमीले आँखा जुझायौ भए लाजले भुतुक्कै । पसिना आयो बेस्मारी जिउ भयोनी लुथ्रुक्कै ।। समायौ तिम्ले कोमल हात जादुनै देखायौ । अनौठो लाग्यो तर्सेर उफ्रे चिच्याई बुरुक्कै ।। नसालु रै'छ हेराई तिम्रो लठ्ठिए म त लौ । अचम्मै लाग्यो बेहोसी बनी डलेछु खुत्रुक्कै ।। शरीर भरी जरो नै आयो सकिन सोच्न नी । निद्रा नै मेरो हरायो गाठे भागे म सुटुक्कै ।। तिमीले आँखा जुझायौ भए लाजले भुतुक्कै । पसिना आयो बेस्मारी जिउ भयोनी लुथ्रुक्कै ।।
Share:

गजल

धेरै भन्यौ, तिम्रो निम्ति, सही वास होइन म तिम्रो चाह, तिम्रो माया, तिम्रो आस होइन म सबै सामु,सधै भरि,दोष दिदै मलाइ नै बोली रह्यौ,बाँच्छु एक्लै,तिम्रो सास होइन म ! चाहे भने,सक्छु बोल्न,नारी भनि हेप्न छोड सिन्दुरले,किनिएको,खेल्ने तास होइन म ! जति दिन्छु,उति लिन्छु,हक सबै बराबरी साइनोले,कजाउने,तिम्रो दास होइन म ! धेरै इच्छा,मेरा पनि,तिम्रो जस्तै थरी थरी लुटे हक,खोस्न जान्छु,मृत लास होइन म !
Share:
समय सङै बदलिन खोज्छु,अलि mordern हुन खोज्छु,हिड्दा खेरी लडे भने आमा पानी भन्न पुग्छु,तरपनि धर्मछोडेर mother water भन्नै जानिन।म बदलिय कि समय
Share:
हास्ने र हसाउने परिस्थिती मा भर पर्ने कुरा हो तर, हामी पात्र समय आउँदा मौका छोपी हाल्नु पर्छ ।
Share:
अक्सर त्यहि दियो ले नै हात जलाईदिन्छ , जस्लाई हामिले हावाबाट बचाउने हरदम प्रयत्न गरिरहन्छौँ बन्दुक चलाउने हातहरूमा भन्दा शब्द चलाउने मुखहरूमा बढी संम्वेदनशिलता र शक्ति हुन्छ।।
Share:
हिड्दै गरेका पाइला बोल्दै गरेको शब्द चल्दै गरेको ढुकढुकी हेर्दै गरेका आखा हास्दै गरेको ओठ फेर्दै गरेको सास अनि अन्तिम जल्दै गरेको शरीर खरानी
Share:
मैले बाई भन्दा बाई भन्न हुन्न सि यु अगेन भन्न पर्छ भनेर सिकाउने ऊ तर आज ऊसैले मलाई नै छोडेर गही!!!!!!!!!
Share:

drunker joks

रक्सि खाएका दुई बिच कुरा भएछ, यो चन्द्रमा हो कि सुर्य…मित्र?? दोस्रो drunker : था छैन यार म त नया हूँ यो शहरमा…😛😜😁😊
Share:
संसारको सबैभन्दा धेरै खुशी त्यतिबेला मिल्छ . . . जतिबेला कसैको काम म बिना अधुरो हुन्छ✋😜
Share:
केही नवाेलि चुप लाग्नुकाे परिभाषा पराजय मात्र हैन कि सहि समयकाे प्रतीक्षा पनि हाे । #सत्य
Share:

famous facebook posts

1.ऐले सम्म लभ नगर्या म सोझोलाई, दाइ तपाईको Gf लाई त अर्कै ले उडायो भनेर मेसेज आयो😂😂😂😂 #म_हास्दीम😅😅 2.उसले मलाइ बुढि भन्याे 💕😍 सरकार मलाइ वृद्ध भत्ता दे😑😎😉😂 3.साथिको birthday थियोmsg मा hppy bday भनेको reply नै दियन मेरो पालो Timeline मा छिरेर हार्दिक श्रदान्जली लेख्देको अहिले काचै खाउलाझै गरिराछ😂 4.तिम्रो याद आको थ्यो , आको थ्यो अनि vicks डलेर रोइदिए ।। 😐😐😊😊 5.एउटीलाई भर्खर Sweet dream भनेर सुताउन पाको छैन अर्कि 2टि आइसके बेबी भन्दै 😝😝 #pidit_ma.. 6.म पनि बाढी पीडित हु मलाइ राहात स्वरुप भए नि एउटि गर्लफ्रेन्ड देउ सरकार 😅😅 7.यदि प्रेमको पनि चुनाव हुन्थ्यो भने, गजवको भासण दिन्थ्ये हजुरलाइ पाउनको लागि,,✌✌😉😉 #मायालु_जि😍💕 8.उसले सोध्यो मलाइ तिम्रो बिहेमा #invite गर्छौ कि गर्दैनौ 😨 मैले पनि भनिदिए 😁 बेहुला बिना बिहे हुन्छ त लाटा 😍😍 #सँगि 9.मासु मिठो भालेको माछा मिठो तारेको जे भयेनि केटा राम्रो त्यो बाहुन दारि पालेको 😂😂 #कुराे_साउन_महिना_सकेको 10.
Share:
जीवनमा काेहिसँग कहिले केही कुराकाे अाश नराख्नु , जब अाशा निराशामा परिवर्तन हुन्छ तब थाहाहुन्छ पीडा के हाे भनेर । भाेगेकाे कुरा 😍💑
Share:

पारिजात-जिवनी

Parijaat- Biography पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् । पारिजातको जन्म १९९४ सालमा भएको थियो । यिनको स्कुलको नाउँचाहिँ विष्णुकुमारी वाइबा थियो । साथै यिनको चिनाको नाउँ भने छेकुडोल्मा थियो । विष्णुकुमारी वाइबाले पारिजातको फूल नदेख्तै आफैं आफ्नो नाउँ पारिजात राखेकी थिइन् । पारिजातको फूलको बोट भने यिनले काठमाडौं आएपछि मात्र देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजातको फूल झरेपछि भुइँबाट मात्र टिपिन्छ भन्ने थाहा पाएर यिनले आफूलाई पारिजातमा नै रङ्गाएकी थिइन् । पारिजातका बुबा केएस लामा भारतीय सैनिक सेवामा आबद्ध थिए र आमा अमृता लामाले चाहिँ घरगृहस्थीलाई आफ्नो थाप्लामा बोकेकी थिइन् । पछि सैनिक सेवा छाडेर के. एस. लामा होमियो चिकित्सामा लागे । सैनिक सेवा छाडेपछि अथवा भनूँ औषधी बेच्ने काममा लाग्दा लामापरिवारको घरको छानो आर्थिक रूपले पातलो भएको थियो । पारिजातको बाल्यकाल कठ्याङ्ग्रिएर नै बित्यो । सानैदेखि उनी बिरामी भइरहन्थिन् । त्यसै बेलादेखि उनको शरीर कुँजिनेक्रम सुरु भएको थियो । पारिजात तेह्र वर्षी छँदा उनलाई हाडजोर्नी दुख्ने रोगले आक्रमण गरेको थियो । त्यही दुखाइ नै उनको जीवनभरिको साथी बन्न गयो । त्यसले उनलाई हरेक पल दुक्ख मात्र दिइरहृयो । पारिजात सानैदेखि अन्तर्मुखी स्वभावकी थिइन् । त्यस बेलादेखि नै उनी अटेरी, जिद्दी र एकलकाँटे पनि थिइन् । उनको वैयक्तिक चरित्रले उनलाई काव्ययात्रामा डोर्‍याएको थियो । सानैदेखि उनलाई आफ्नो घरगाउँका पाखा, पर्वत र जङ्गलमा डुलूँडुलूँ लाग्थ्यो, खोलाका डिलडिलमा सुतूँसुतूँ लाग्थ्यो र बाटाबाटामा गएर नाचूँनाचूँ लाग्थ्यो । पारिजात बाहिर गएको बेला सधैँजसो बनपाखाबाट फूल टिपेर ल्याउँथिन् र घरमा सजाउने गर्थिन् । फूल उनको मन पर्ने विषय मानिन्थ्यो । बाल्यकालमा नै पारिजातले आफ्नी आमा गुमाएकी थिइन् । त्यसैले घरका कामधन्दाहरू पनि पारिजातमा नै अटाउनुपथ्र्यो । त्यस बेला यिनले यस भूगोलको निर्देशक आफैंलाई ठान्ने गर्थिन् र उनी जे मनमा लाग्यो त्यही गर्ने गर्थिन् । पारिजातले छ कक्षा पढ्न थालेदेखि नै धीत मर्ने गरी चुरोट तान्ने गर्थिन् । चुरोटमा राम्ररी बानी परेपछि यी गाँजा खान पनि तल्लीन हुन थालिन् । वास्तवमा बिहानबेलुकाको भात खाइसकेपछि धुवाँको हरर तलतल लागेको यी थाहा पाउँथिन् । पारिजातका बाबुको आफ्नी छोरीलाई डाक्टर पढाउने इच्छा थियो । तर पारिजातको भने नाच्न, गाउन, लेख्न, डुल्न, बरालिन, खेल्नमा नै मन थियो । त्यसैले उनले आफ्ना बाबुका योजनामा आफ्नो एक रत्ती मन दिएकी थिइनन् । उनी आफ्नो जीवनलाई स्वतन्त्र छाड्न प्रकृतिसँग अनुमति माग्थिन् । त्यसैले उनी कहिल्यै पनि अर्काको वशमा परिनन् । पारिजात दशौं कक्षासम्म दार्जिलिङमा नै पढेर काठमाडौं प्रवेश गरिन् । काठमाडौंमा यिनी डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा भर्ना भएकी थिइन् । पारिजातले पद्मकन्या विद्याश्रमबाट एसएलसी पास गरिन् । यिनले आईए र बीए पद्मकन्या कलेजबाट पास गरिन् । पद्मकन्या कलेजमा पढ्दा पनि यिनले धेरै नै चुरोट तानिन् । त्यस बेला पद्मकन्यामा पढ्ने अरू विद्यार्थी पनि चुरोट खाने गर्थे । त्यहीँ पढेताका उनले गोविन्दबहादुर मल्ल गोठालेको 'युगको शिकार' नामक नारीप्रधान नाटकमा नायिकाका रूपमा अभिनय गरिन्; त्यस नाटकमा यिनको जोडा चित्तरञ्जन नेपाली थिए । अनि त्यस नाटकका निर्देशकचाहिँ श्यामदास वैष्णव थिए । पारिजात स्नातक उत्तीर्ण भएपछि वासुदेव लुइँटेलको सहयोगमा मदन मेमोरियल स्कुलमा अध्यापक बनिन् । त्यस बेला पारिजात त्यस स्कुलको नवौँ र दशौँ कक्षामा खास गरेर नेपाली, अङ्ग्रेजी, भूगोल र भारतको इतिहास पढाउँथिन् । त्यस बेला स्कुलमा गाइने प्रार्थनागीत पनि यिनैले लेखेकी थिइन्।स्कुलमा गुरुआमा हुनुभन्दा अघि नै यी साहित्यसृजनामा पनि समर्पित थिइन्।पारिजातलाई साहित्यरचनामा प्रेरित गर्नेमध्ये अग्रपङ्क्तिमा चित्तरञ्जन नेपाली थिए । मदन मेमोरियल स्कुलमा पढाउँदापढाउँदै पारिजात क्रमशः बिमारी हुन थालिन् । यसले गर्दा उनी स्कुल छाड्न बाध्य भइन् । स्कुल छाडेपछि उनी बाथको बिमारले कुँजिइन् । त्यसैताका उनले खाटमा सुतीसुती साहित्यिक रचना रच्ने गरिन् । त्यही पीडामा रन्थनिएका बेला उनले एउटा उपन्यास पनि लेखिन् । उनको त्यस कृतिको नाउँ 'शिरीषको फूल' रहृयो । वास्तवमा त्यस किताबलाई उनले 'ढिला विष' लगायत एघारवटा शिर्षक राखी प्रेमा शाहलाई उपन्यासको उपयुक्त नाउँ चुन्न अनुरोध गरेकी थिइन् । त्यसैले त्यस कृतिको पाण्डुलिपि पढेर प्रेमा शाहले त्यसको नाउँ 'शिरीषको फूल' राख्न पारिजातलाई सल्लाह दिएकी थिइन् । 'शिरीषको फूल' लेखिसकेपछि पारिजातलाई रोगले झन्झन् सताउन थाल्यो । त्यसै बेलादेखि उनी जीवनभरि नउठ्ने भइन् । एउटा बैँसालु जीवनको भोग गरिरहेकै बेला उनी कुँजिने रोगबाट ग्रसित भइन् । त्यसपछि यिनले धूमपानका अतिरिक्त रक्सीको सेवनमा पनि आफूलाई डुबाउन थालिन् । शारीरिक रूपमा दुर्बल, अशक्त र अक्षम भए तापनि मानसिक रूपमा पारिजात सशक्त थिइन् । उनको व्यक्तित्वको सबैभन्दा राम्रो विशेषता के थियो भने उनलाई देखेपछि जुनसुकै मान्छेलाई पनि उनीप्रतिको अत्यन्तै माया, श्रद्धा र स्नेहले पगाल्थ्यो । बैंसका बेलामा त यी सुगन्धित गुलाफ नै थिइन्।ईश्वर बरालका अनुसार भन्ने हो भने "बैंसमा पारिजातको रूप, शरीर र बोली तीनै थोकले युवाहरू मोहित हुन्थे ।" त्यसैले धेरै युवाहरू उनका छेउ पुग्न धुरिन्थे । पारिजात प्रेमी स्वभावकी थिइन् । धेरैले पारिजात र शङ्कर लामिछानेका बीचमा पनि प्रेम रहेको शङ्का गरे । यसै प्रसङ्गमा वासुदेव लुइँटेलले भनेका थिए "शङ्कर लामिछाने पारिजातका भान्से मात्र थिए; प्रेम गर्ने अरू नै थिए ।" पारिजात सेक्सका मामलामा पनि त्यति टाढा थिइनन् । सेक्सका बारे उनी निर्धक्क भन्न र लेख्न पनि चुक्तिनथिन् र पछिसम्म उनले भनिरहिन् "मेरो पहिलो प्रेमीसँगको शारीरिक चाहना अझ पनि छ मसँग ।" चौध वर्षपुगेपछि यिनले धनुवर मुखियासँग पहिलो औपचारिक प्रीति गाँसिन् । उनी सुन्दरी भएकै नाताले काठमाडौंमा पनि प्रायः साहित्यकारहरू उनका पछि लागिरहन्थे । त्यति बेला खास गरेर यौनपिपासुहरू माझ जोगिएर हिँड्न पारिजातलाई कठिन पनि थियो । वास्तवमा त्यस घडी आफ्नो नारीत्व जोगाउन उनी असफलै पनि थिइन् । किशोरावस्थामा नै दार्जिलिङबाट स्वच्छ तन लिएर काठमाडौंमा पसेकी पारिजातले भनेकी पनि थिइन् "म दार्जिलिङबाट आउँदा चोखी केटी आएकी थिएँ, म कुनै करप्टेड केटी थिइन ।" पारिजातले साहित्य रचना गर्ने क्रममा प्रेम पनि लेखिन्, प्रकृति पनि लेखिन् र जीवन र जगत् पनि लेखिन् । लेख्तालेख्तै यिनले जम्माजम्मी तेईस पुस्तक लेखिन् । पारिजातका जेजति साहित्यिक सृजना भए तापनि उनी 'शिरीषको फूल' ले नै बाँचेकी छिन् । उनका अन्य कृतिहरू आआफ्नै ठाउँमा स्थापित भए तापनि पारिजातलाई 'शिरीषको फूल'ले मात्रै अघि सारेको छ । तर उनले कुनै बेला भनेकी थिइन् "मेरो शिरीषको फूल च्यातिदिनू ।" वास्तवमा उनका राजनीतिक गुरु गोविन्द भट्टले 'शिरीषको फूल'लाई 'कागजको फूल' लेखिदिएपछि उनले त्यस उपन्यासको तीव्र रूपमा आलोचना गरेकी थिइन् । मदन पुरस्कारसमेत टिपिसकेको त्यस कृतिलाई पारिजातले विकृत उपन्यासका रूपमा स्वीकार्दै जान थालेकी थिइन् । पारिजातको जीवनको दुर्भाग्य उनको शरीर र घरको दयनीय आर्थिक अवस्था नै थियो । आर्थिक अवस्था ब्रि्रेका कारणले पारिजातले मदन पुरस्कारसँग प्राप्त गरेको चाँदीको फ्रेम पनि बेचेकी थिइन् । पारिजात बिरामी भएर थला पर्दा ठाउँठाउँमा उनका नाउँमा चन्दा उठाइन्थ्यो । जिल्लाजिल्लामा यिनको सहयोगार्थ थैली भेला पारिन्थ्यो । तर यिनका नाउँमा जेजति पैसा उठाइए तापनि यिनले कहीँबाट पनि कुनै पनि प्रकारका चन्दा र आर्थिक सहयोग लिइनन् । पारिजातलाई प्रगतिशील साहित्यकारहरूले गुरुआमा नै मान्थे । पारिजातको स्रष्टाले पहिलो चरणमा स्वच्छन्दतावाद र छायावादलाई अङ्कमाल गर्‍यो । त्यसपछिका दिनहरूमा पारिजातको साधनाले अस्तित्ववादी, राल्फावादी हुँदै प्रगतिवादी मोडमा पुगेर विश्रान्ति लियो। पारिजात साहित्यकार भएका नाताले राल्फाको नेतृत्वमा पसिन् । उनी नेपाल मानवअधिकार सङ्गठनकी उपाध्यक्ष पनि बनिन् । उनी प्रगतिशील लेखक सङ्घकी सदस्य पनि भइन् । उनी बन्दी सहायता नियोगकी संस्थापक तथा अध्यक्ष थिइन् । उनी मार्क्सवादी विचारमा बगेकी स्रष्टा थिइन् । पारिजात नेपाली भाषासाहित्यको सेवा गरेबापत उनी २०२२ सालमा मदन पुरस्कारबाट सम्मानित भइन् । साथै यिनले गंकी वसुन्धरा पुरस्कार र र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार पाइन् । त्यतिमात्रै होइन यिनले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट विद्वद्वृत्ति प्राप्त गरेकी थिइन् । उनी त्रिभुवन विश्वविद्यालय सभाको सदस्यमा मनोनीत भइन् । त्यसै गरी उनलाई नेपाल तामाङ घेदुङ सङ्घ र 'जनमत' साहित्यिक मासिकबाट अभिनन्दन गरिएको थियो । उनको शेषपछि उनको तस्बिर अङ्कित तीन रुपियाँको हुलाक टिकट प्रकाशनमा ल्यायो । त्यसै गरी ठाउँठाउँमा पारिजातका सालिक बन्न थाले । त्रिमूर्ति निकेतनले प्रेमराजेश्वरी थापा, गोमा र पारिजातलाई एकै ठाउँमा जोडेर पारिजातको पूर्णकदको सालिक निर्माण गर्ने पहल गरेको छ । उनका नाउँमा शिक्षण संस्था खुलेका छन् । उनका नाउँलाई शिर्षक बनाएर अनगिन्ती समालोचना, संस्मरण र जीवनीका कृति प्रकाशनमा आए। पारिजातको इहलीला २०५० साल वैशाख ५ गते एकाबिहानै समाप्त भएको थियो । पारिजातको स्वर्गारोहणले एकपटक नेपाल नै हल्लियो । नेपाली साहित्यकी सुगन्धको विर्सजनले नेपाली भाषासाहित्यको सम्पूर्ण फाँट नै गहिरो शोकमा डुब्यो । त्यसपछि पारिजात एउटा राजनैतिक खेमाकी सम्पत्ति मात्र नभई समस्त नेपाली भाषासाहित्यकी र्सार्वजनिक सम्पत्ति बनिन् । उनका कृतिले नै उनी पाठकका भावनामा विराजमान भइन् ।
Share:

के तपाईलाई मोबाइलमा देखिने G, E, 3G र H आदिको अर्थ थाहा छ ?

मोबाइल फोन वा मोबाइल डिभाइसमा इन्टरनेट चलाउने प्राय: हामी सबैले याद गरेको हुनुपर्छ। हाम्रो सेट इन्टरनेटमा जोडिएपछि प्रायजसो सेटको माथिल्लो देब्रे भागमा (सेट अनुसार फरक पनि हुनसक्छ) तपाइको सेट इन्टरनेटमा जोडिएको जनाउ दिने G, E, 3G वा H आदि जस्ता सङ्केत चिन्हहरू देखिन्छन् । तलको चित्र हेर्नुस (चित्रलाई ठूलो पारेर हेर्न सोही चित्रमा क्लिक गर्नुहोस्, चित्र आफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ ) E,G, 3G and H यी चिन्हहरू तपाइले लिनु भएको सेटको हार्डवेयर क्षमता वा तपाइले सेवा प्रदायकबाट लिनु भएको सुविधा अनुसार फरक हुन्छन् । तर कहिलेकाहीँ भने तपाई रहेको स्थान विशेषमा उपलब्ध सेवा प्रदायकको सिग्नलको आधारमा पनि एउटै सुविधा लिएको सेटमा पनि माथि उल्लिखित कुनैपनि सङ्केत चिन्ह देखिन सक्छ वा छिनछिनमा सो सङ्केत चिन्ह परिवर्तन हुनसक्छ । तपाइलाई थाहा छ किन यी चिन्हहरू फरक-फरक हुन्छन् वा एउटै सेटमा पनि स्थान विशेष वा समय विशेषमा भिन्न भिन्न चिन्हहरू देखिन्छन ? । वास्तवमा यी चिन्हहरूले तपाइको सेटमा तत्कालको लागि उपलब्ध इन्टरनेटको गतिलाई ईङ्गीत गर्छन् । यस पोस्टमा यही बारेमा सामान्य जानकारी दिइएको छ : G: “G” अर्थात GPRS । मतलव आजकलको प्रविधिको कुरा गर्ने हो भने, GSM network मा यो दोस्रो पुस्ताको (2G) प्रविधिमा गनिन्छ। र अझ प्रस्ट भन्नु पर्दा मोबाईलबाट इन्टरनेट चलाउने सबैभन्दा कम गतिको प्रविधि हो यो । त्यसैले तपाइको मोबाइल सेट इन्टरनेटमा जोडिएको बेलाम यदि तपाईको सेटमा “G” देखिन्छ भने तपाइले द्रुतगतिको आशा नराख्दा हुन्छ । E: E अर्थात EDGE को छोटकरी नाम हो यो। हुन त यो पनि GPRS कै सुधारिएको रूप हो तर GPRS कै extension भएपनि र GSM network को दोस्रो पुस्ताकै (2G) प्रविधि भएपनि यो “G” भन्दा “E” केही हदसम्म छिटो हुन्छ । वा सामान्य शब्दमा भन्दा, तपाईको सेटमा “G” देखिएको बेलामा भन्दा “E” देखिएको बेलामा इन्टरनेट केही छिटो चल्छ। 3G: छोटकरीमा तेस्रो पुस्ताको प्रविधि वा third generation(3G)को विकसित रूप हो यो । यो GSM network को UMTS (Universal Mobile Telecommunications System) पनि भनिन्छ। H: मोबाईलको डिस्प्लेमा देखिने “H” ले HSDPA (High-Speed Downlink Packet Access) जनाउँछ । जुन माथिका सबैभन्दा द्रुत गतिको इन्टरनेट प्रविधि हो । यसले UMTS बेस्ड नेटवर्कमा माथीका अन्य भन्दा पनि छिटो गतिको सुविधा दिन्छ । त्यसैले यसलाई बोलीचालीमा 3.5G, 3G+ र turbo 3G पनि भनिन्छ । सजिलोगरी भन्दा G, E, 3G र H मा G सबैभन्दा ढिलो चल्ने र H सबैभन्दा छिटो चल्ने हुन्छ। तलको तालिकाले यसलाई अझ प्रस्ट पार्नेछ: क्र.सं. सेवा सङ्केत गति (देखि...) कैफियत १. GPRS G 56kbps पहिलो पुस्ता (1G) २. EDGE E 236 kbps दोस्रो पुस्ता (2G) ३. UMTS 3G 386 kbps तेस्रो पुस्ता (3G) ४. HSDPA H 3.2 MBps साढे तेस्तो पुस्ता 3.5G) क्रमगत रूपमा १ नं. सबैभन्दा ढीला र ४ नं सबैभन्दा छिटो भएपनि तिनको ठीक गति भने माथि लेखिए जस्तै तपाइँको सेवा प्रदायकको हार्डवेयर-सफ्टवेयरको उच्चता, तपाई रहेको स्थान विशेषमा उपलब्ध सेवा प्रदायकको सिग्नलको आधारमा फरक हुनसक्छ । भनिरहनु नपर्ला, तपाईँले कुनै 3G वा सो भन्दा बढी गतिको सुविधा लिनु भएको छ भने पनि यदि तपाईको सेवा प्रदायकको नेटवर्कको रेन्ज भित्र हुनुहुन्न भने तपाईको मोबाईलको गति स्वत E वा G मा झर्न सक्छ । साथै यदि तपाई नेपालमा हैन् विदेशमा हुनुहुन्छ र बढी गतिको सेवा लिनु भएको छ भने हार्डवेयर र सफ्टवेयर क्षमताले धान्ने मोबाईलमा तपाइँले 4G वा H+ को 14.4 MBps सम्मको गति पनि पाउन सक्नुहुन्छ । Happy Surfing !!!
Share:

विपरीतको आकर्षण (लघुकथा)

उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व वा विचारवान् जस्तै देखिन्थे। फरक यत्ति थियो कि, उनीहरूको जम्काभेट हुने बेलामा एकजना मन्दिरबाट फर्कि रहेका हुन्थे भने अर्को व्यक्ति चर्चतिर जान लागेका हुन्थे । हरेक दिन जम्काभेट हुँदा दुबै जना अर्को व्यक्ति प्रति विचित्र भावले दृष्टि गोचर गर्ने गर्थे । मन्दिरबाट फर्कने सज्जनलाई चर्चतर्फ जान लागेका व्यक्तिको शुभ्र वस्त्र, सौम्य भाव र घाँटीमा लट्केको क्रसमा अपूर्व शान्ति लुकेको आभास हुन्थ्यो भने चर्चतर्फ जान लागेका महाशयलाई पनि मन्दिर बाट फर्केका व्यक्तिको निधारको त्रिपुण्डक, गलाको रुद्राक्ष र निधारको टीकामा अद्भुत आभाको महसुस हुन्थ्यो । समय बित्दै जाँदा दुबैजनालाई अर्कोपक्षको आचरण, समर्पण, चरित्र र व्यक्तित्वमा झन् झन् ओज, उर्जा, पवित्रता र उपलब्धिताको बोध हुन थाल्यो । दुबैको मन्दिर र चर्चको आवागमन जारी नै रह्यो भने प्रत्येक जम्काभेटमा एक-अर्का प्रतिको आकर्षण, झुकाव र कौतुहलता झन् झन् बढ्न थाल्यो । केही दिन उनीहरू दुबैजनाको जम्काभेट हुने स्थानमा उनीहरू देखिएनन् । आज फेरि अचानक दुबैजनाको पुरानै मोडमा जम्काभेट भयो । दुबैजना एकदम अच्चमित र आश्चर्यचकित भए । दुबैजनाले बाटोमा टक्क उभिए र एक-अर्कालाइ विस्फारित लोचनले हेर्न थाले। सधैं मन्दिर बाट फर्कने र रुद्राक्ष धारण गर्ने व्यक्तिको गलामा आज क्रस लट्किएको थीयो र उनी श्वेत वस्त्र धारण गरेर हातमा बाइबल लिएर हिँड्दै थिए भने दिनदिनै चर्च जाने व्यक्ति आज त्रिपुण्डक धारण गरेर, गेरुवा वस्त्रमा हातमा गीता लिएर हिँड्दै थिए ! ।
Share:
त्यो दिलमा अर्कै छ म नजिक आउदै आउदिन मुटु दुख्ने माया अब म लाउदै लाउदिन मिस्कल हानि बोलाउने काम नगर है कान्छी भो अब अनलाइन म धाउदै धाउदिन
Share:
सेतो कात्रोमा गोजी हुदैन किन तेरो मेरो अहंकार गर्छौ तिमि मृत्यु पछि कसैको खोजि हुदैन !!
Share:
जिन्दगी को गोरेटोमा जतिसुकै साहारा भेटे पनि,जतिसुकै साथीहरू भेटे पनि दुख पर्दा एकान्तमा टाउँको राखेर मन बुझाउन एउटा मान्छेको काध चाइन्छ!#आमा
Share:
हाम्रो माया मैले मनैमा साच्या छु लुरे भन्थ्यौ आजकल अलि मोटाएको छु 😋😋
Share:

Boyfriend and girlfriend funney talk

Share:

LOve Problem

Me:तिमी मलाई माया गर्छौ She:गर्दिनँ! Me:तिम्रो कुनै साथीले गर्छ कि सोध्देउ न!! she:................................................................................................................................................................................................ (fill गर्नु है बाकी कमेन्ट मा)
Share:

Problem WhenFirst Time Talk with girl

ऊ:I love you म: Thank you😊 ऊ:Thank you मैले भनेको प्रश्नको जवाफ हैन😈 म:I love you प्रश्न होर😉? ऊ:😈😈😷😷 कहानी खत्तम
Share:
केटिले हासेर दात देखाएको फोटोमा आउने कमेन्ट👉वाउ क्युट स्माईल केटाले दात देखाएर हालेको फोटोमा आउने कमेन्ट👉हैन दाँत कहिलेदेखि माझ्न थालिस?😂
Share:
आलोचनाबाट बच्ने तिन उपाय छन्, केही नगर, केही नभन, केही नबन । - अल्बर्ट हुबार्ड
Share:
यी मानवीय इच्छाहरु पनि बुझी नसक्नुका छन यार✋ पैला आफुलाइ अति सामान्य लागेको बस्तु कोहि आर्कैले प्रयोग गर्न लागेपछी बल्ल खास लाग्न थालिदिन्छ!
Share:
कसै ले मलाइ मायालु भन्यो; कसै ले मलाइ दीवाना भन्यो; यि आन्खा मा आन्सु तब् आयो; जब केहि आफन्त ले नै मलाइ पराइ भन्यो
Share:
रुदा फेरि नरोउ भन्ने कोहि छैन। हाँस्दा फेरि पागलको नाम दिने धेरै भेटिन्छन।
Share:
कुरा गर्नुको मज्जा त त्यो मानिसहरू सँग हुन्छ । जो सँग बोल्नुभन्दा पहिले केही सोच्नु नपरोस।।।
Share:
जित्न सक्छु भन्ने विस्वास कम पनिछैन जित्नै पर्ने त्यस्तो कुनै अहम पनिछैन मै आफूले सोचेजस्तै असल नहुन सक्छु दुनियाले सोचे जस्तै खत्तम पनीछैन
Share:
यदि तपाईंलाई आफ्नो चोट महसुस हुन्छ भने तपाईं जीवित हुनुहुन्छ र यदि अरुको चोट महसुस हुन्छ भने तपाईंमा मानवता जीवित रहेछ भन्ने बुझ्नुस।
Share:
मानिस २ बर्ष देखि बोल्न सिक्छ, तर कैले के बोल्ने ? यहि ,सिक्न मात्र यहाँ पूरा जीन्दगि बिति जान्छ,
Share:
ऎनामा रहेको प्रतिबिम्बलाई सोधे-उमेर र जिन्दगीमा के फरक छ?ऎनाले जबाफदियो-जुन समय एक्लै बित्यो त्यो उमेर र जुन समय अरुसगं बिताइयो त्यो जिन्दगी!!!!
Share:

Sports

Popular

Blog Archive

Unordered List

  • .

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.