Welcome

लाजले भुतुक्कै (गजल)

तिमीले आँखा जुझायौ भए लाजले भुतुक्कै । पसिना आयो बेस्मारी जिउ भयोनी लुथ्रुक्कै ।। समायौ तिम्ले कोमल हात जादुनै देखायौ । अनौठो लाग्यो तर्सेर उफ्रे चिच्याई बुरुक्कै ।। नसालु रै'छ हेराई तिम्रो लठ्ठिए म त लौ । अचम्मै लाग्यो बेहोसी बनी डलेछु खुत्रुक्कै ।। शरीर भरी जरो नै आयो सकिन सोच्न नी । निद्रा नै मेरो हरायो गाठे भागे म सुटुक्कै ।। तिमीले आँखा जुझायौ भए लाजले भुतुक्कै । पसिना आयो बेस्मारी जिउ भयोनी लुथ्रुक्कै ।।
Share:

No comments:

Post a Comment

Sports

Popular

Unordered List

  • .

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.