Welcome

गजल

धेरै भन्यौ, तिम्रो निम्ति, सही वास होइन म तिम्रो चाह, तिम्रो माया, तिम्रो आस होइन म सबै सामु,सधै भरि,दोष दिदै मलाइ नै बोली रह्यौ,बाँच्छु एक्लै,तिम्रो सास होइन म ! चाहे भने,सक्छु बोल्न,नारी भनि हेप्न छोड सिन्दुरले,किनिएको,खेल्ने तास होइन म ! जति दिन्छु,उति लिन्छु,हक सबै बराबरी साइनोले,कजाउने,तिम्रो दास होइन म ! धेरै इच्छा,मेरा पनि,तिम्रो जस्तै थरी थरी लुटे हक,खोस्न जान्छु,मृत लास होइन म !
Share:

No comments:

Post a Comment

Sports

Popular

Unordered List

  • .

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.