Welcome

गरिब छु दुखि छैन किनकी मेहनत ले बाचेको छु हैसियत भन्दा ठुला सपना देख्ने गरेको छैन ।
Share:

*** निष्ठुरी यो पापी शहर ***

*** निष्ठुरी यो पापी शहर *** हिड्दा हिड्दै थाकीसके म, टुहुरा यी मेरा रहर सयौ चोट दियो मलाई, निष्ठुरी यो पापी शहर बेइमानी झुठाको राज, दया माया कुनचै चरा इमान यो बिना कामको,सत्य मर्छ हर प्रहर सयौ चोट दियो मलाई, निष्ठुरी यो पापी शहर धर्म कर्म पैंतला मुनी,पैसै ब्रह्मा विष्णु महेश कालो मेघ छायो डरको,मृत्युको यो कस्तो कहर सयौ चोट दियो मलाई, निष्ठुरी यो पापी शहर
Share:

लाजले भुतुक्कै (गजल)

तिमीले आँखा जुझायौ भए लाजले भुतुक्कै । पसिना आयो बेस्मारी जिउ भयोनी लुथ्रुक्कै ।। समायौ तिम्ले कोमल हात जादुनै देखायौ । अनौठो लाग्यो तर्सेर उफ्रे चिच्याई बुरुक्कै ।। नसालु रै'छ हेराई तिम्रो लठ्ठिए म त लौ । अचम्मै लाग्यो बेहोसी बनी डलेछु खुत्रुक्कै ।। शरीर भरी जरो नै आयो सकिन सोच्न नी । निद्रा नै मेरो हरायो गाठे भागे म सुटुक्कै ।। तिमीले आँखा जुझायौ भए लाजले भुतुक्कै । पसिना आयो बेस्मारी जिउ भयोनी लुथ्रुक्कै ।।
Share:

गजल

धेरै भन्यौ, तिम्रो निम्ति, सही वास होइन म तिम्रो चाह, तिम्रो माया, तिम्रो आस होइन म सबै सामु,सधै भरि,दोष दिदै मलाइ नै बोली रह्यौ,बाँच्छु एक्लै,तिम्रो सास होइन म ! चाहे भने,सक्छु बोल्न,नारी भनि हेप्न छोड सिन्दुरले,किनिएको,खेल्ने तास होइन म ! जति दिन्छु,उति लिन्छु,हक सबै बराबरी साइनोले,कजाउने,तिम्रो दास होइन म ! धेरै इच्छा,मेरा पनि,तिम्रो जस्तै थरी थरी लुटे हक,खोस्न जान्छु,मृत लास होइन म !
Share:
समय सङै बदलिन खोज्छु,अलि mordern हुन खोज्छु,हिड्दा खेरी लडे भने आमा पानी भन्न पुग्छु,तरपनि धर्मछोडेर mother water भन्नै जानिन।म बदलिय कि समय
Share:

Sports

Popular

Unordered List

  • .

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.