Welcome

Laxmi Prasad Devkota – Ishwar Tainle Rachera Feri

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?
त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ?
हे दिदी मैले ती मुना देख्ता मुनाको मुहार
ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार
मुना छातीको जुहार!

पृथिवीतिर नहेर मुना म पनि आउँछु
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु
प्रेमको हीरा छुटेको तल म लिई आउँछु ।
कसरी खायो आगोले दिदी कमलको शरीर ?
कसरी खायो निठुरी भई कमलको शरीर ?
म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँ
खरानी तिनको मलाई द्यौन छातीमा लगाऊँ
हे मेरी आमा हे मेरी मुना म यहाँ बस्तिन
म यहाँ अब बस्तिन आमा म यहाँ बस्तिन
म यहाँ अब बस्तिन मुना म यहाँ बस्तिन


हे मेरा भाइ ती तिम्री मुना मरेकी छैनन् ती
ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती


पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदी मलाई
म रुने छैनँ गएर भोलि भेटुँला तिनलाई
हे दैव पर्दा चाँडै नै उठा धन्य छ तँलाई
Share:

Poem

मर्ने मानिस फर्किँदैन कहिल्यै भेटिन्न भेटिन्न रे पर्दा लाग्दछ जो महामरणको उल्टिन्न उल्टिन्न रे यो कस्तो कुन निष्ठुरी नियम हो, के हुन्छ फेरे पनि हाम्रो भेट हुँदैन हो कि सँगिनी !
Share:

Laxmi Prasad Devkota – Gadha Bolchha (Poem)

मालिक मानिस ! ही ही हः !
ही ही ह हः ! ही ही हः !


ईश्वरसँग के मैले मागें बुद्धिको निट्ठुर खर वरदान
बुद्धि जो गुन्दछ बाँड्दछ बुन्दछ
फेल्दछ जेल्दछ हान्दछ ठेल्दछ
फेरि रोप्दछ फेरि उखेल्दछ


बुद्धिको बलियो कमजोरी तपाईंहरुको बोक्रे शान
प्रकृति नउत्रने ठेलमठेला ठेली निकाल्नोस् पढ्नोस् ल


संसार धुँधला छायामा
क ख ग घ ट ठ ड !
मालिक मानिस ! ही ही हः !


घाँस बनाउन घाँसको बीउ नै नभई तपाईको शक्ति छ !
मालिक मानिस ! ही ही हः !


बुझ्नुभयो को गर्दछ के के पर्दापछाडि किन कसरी
यसमा मालिक क्या मसरी !
बुद्धिमत्ता व्यङ्ग्य भनीकन
बुझ्दछ पशुको जगत् हरि !


कुन कविता हो हृदयस्पर्शी, गर्दभ-अवयव-हर्ष-लहर
छन्द-सिहर !
घँस्याइलो यो चउर हुँदामा न्यानो घामले उज्ज्वल प्रहर
अथवा तपाईको मसीको लहर
कृत्रिम बुट्टा कागजभर
कोखा कुत्कुती लाग्छ अँ !
मालिक मानिस ! ही ही हः !

काम-बुभुक्षा तत्व अगाडि चार वेदको के माने
जूनकीरीको पुच्छर ! झिल्को
लोखर्केको सुपारी ।
यत्ति बुझे ता बुझियो सारा
किन यी अडकन भकारी


तरङ्ग मेरा पनि छन् मालिक ! रङ्गी-बिरङ्गी भारी
तर म बोल्दिनँ लेख्दिनँ पोख्दिनँ
तपाईहरुझैं डकारी ।
हेर हेर ती क्रूर भयानक
मुण्ठमाला रे मूर्तिहरु !
जननी बालक रेट पिउँदी !
हात्तीदेवका सूँडहरु !


मेरो ईश्वर घाँस मुनाझैं दुधिलो कलिलो गुलियो छः
सर्वव्यापक कहिल्यै नमर्ने
फेरि उम्रने बलियो छ !
तर रे तपाईको ! कछुवा वराह िसंह हेर ! जो मनमा छ !
उकुसमुकुस भो पेटको तह !
मालिक मानिस ! ही ही हः !

यौन-पूजामा भू-पूजामा केही झल्केथ्यो केही ल !
मालिक मानिस ! ही ही हः !

ज्ञानको तरुको निषिद्ध फल के काल-व्यालले चाख्न लगायो
बाबा आदम ! त्यसको कस्तो रस आयो
पृथ्वी-पतन औ भीषण श्राप ‘ खाएस् भालको पसिनाले र् !’ खच्चुङ ! जुग जुग काँढा कुल्ची
वाह! हलीको ह ह ह !

जल्दा मगजले बिन बिन दाना-घोरिउ लाटो-कोसेरोझैं
हिसाब गरे सब के रैछ !
मेरो कहाँ गो ‘माले ह!’ ईश्वर ज्यापु मालिक म !
अन्तः करणको नाटीकुटीमा
धर्मले आफै उल्टी खस रे स्वभाव निर्मित्त निज रौरव !
ल ! ल ! ल !
ज्ञान अज्ञान कुन ठूलो हँ !
मालिक मानिस ! ही ही हः !


नब्बे सालले के बतलायो वास्तुकलाको देख्यौ धराप
वेदको पाले बाहुन राख्यौ देख्यो समाजै सडेदो पाप
तासघरमा फू फू हावा सड्दा झूठा सब दावा
स्वर्ग कल्पियौ नरक बनायौ


कमसेकम ता गर्दभ जाति बीच पृथिवीमा त छ !
अणुबम बनाई हामी बुजु्रग पशु पनि मार्ने सुर के छ
झूठा-शानी ए ज्याक्-ड ?


घाम र हावा कपडा हाम्रो तिम्रो शरीरमा काँढा ल !
प्रकृतानन्दी तारस्वरमा सच्चा कलाको मर्मज्ञ


बोल्छु गधा म फुइँ
Share:

Nepali Poem Pagal by Laxmi Prasad Devkota Laxmi Prasad Devkota – Pagal

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई संबाद लिन्छु ।
आकाशभन्दा पातालका कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल !
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ, वाचाल ! तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो !
तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल !
Share:

कविता : जमाना

~बलराम तिमील्सिना ‘बिप्लप’~ जमाना ! कहॉबाट कहॉ पुग्यो यार !!
हामीले हेर्दा हेर्दै , हामीले भोग्दा भोग्दै !!
कहॉबाट कहॉ पुग्यो जमाना !


कोही भन्छन जमाना झन खराव आयो रे
जताततै विकृति र विसंगती छायो रे
भन्नेहरू जे जे भन्छन त्यही मान्ने हो कि ?
असल भो कि खराव भो आफैं छान्ने हो कि ?
जमाना…..कहॉबाट कहॉ पुग्यो यार !!


सिर झुकाई हिड्नेहरू सिर उठाई हिड्न थाले
हिजो नायक भन्नेहरूलाई मानिसले चिन्न छाडे
भत्किएर मूल्यहरू नयॉ नयॉ बन्न थाले
थिचिएका मान्छेहरूले राम्रो भयो भन्न थाले
जमाना….कहॉबाट कहॉ पुग्यो यार !


फेरिदै छ संसार यो एति छिटो छिटो
कसैलाई तितो होला कसैलाई मिठो
कली लाग्यो भन्लान कोही भने भनिरहून
इतिहास संझिएर दुखी बनिरहून
जमाना…कहॉबाट कहॉ पुग्यो यार !


कलीबाट महाकली पनि पक्कै आउँने छ
मानिसले मान्छे हुनु चाल तव पाउँने छ
चुँडिने छन बन्धनहरू भत्किने छन पर्खालहरू
जमानालाई गाली हैन स्वागतमा जुटौं वरु
जमाना कहॉबाट कहॉ पुग्यो यार !
Share:

कविता : मृत्युपछिको मीठो सपना

~निर्मोही व्यास~Nirmohi Vyas हाँसूँ खितिखिती भन्दा पर्ने भक्कानिँदै रुन
मर्नुपर्ने ‘जिऊँ’ भन्दा कठै ! कस्तो विडम्बना ?
जन्म जीवनको आदि, मृत्यु जीवन–अन्त्य हो
मृत्युउप्रान्त के हुन्छ ? अनुत्तरित प्रश्न यो।


मान्छन् कोही पुनर्जन्म र कोही ‘हुन्न’ भन्दछन्
ठानिन्छ – “कीर्तिवान् मान्छे–हरू ‘अमर’ बन्दछन्”
के होला, के नहोला खै, नेत्र यी चिम्लिएपछि ?
जे भए पनि के भो र ? स्वयं आफू मरेपछि।
होला नै आयुको सीमा कृतिको, कीर्तिको पनि
टुङ्गिएला जहाँ पुग्दा तिनको पनि जीवनी
किन आशा–निराशामा डुबूँ ? पीर गरूँ किन ?
कुनै भुलभुलैयाको व्यर्थै पछि परूँ किन ?


मैले जीवनमा भोगेँ–सँगालेँ अनुभूति जे
प्रत्यक्ष सत्य त्यै यौटै, अरू बाँकी त कुन्नि के ?
मलाई यत्ति थाहा छ –आजको भोलि हुन्न म
र गएपछि फर्केर य‚तै आउन सक्तिन।


लासमा रेसमी कात्रो ओढाए पनि हुन्छ के ?
मुर्दा त‚बीरमा माला चढाए पनि हुन्छ के ?
वर्षैपिच्छे जयन्ती नै मनाए पनि गर्नु के ?
लाभ के मूर्ति थापेरै ? फुटाले पनि हानि के ?


पुर‚कार, तिर‚कार बर्साए पनि जे जति
सरोकारै हुने छैन चलोस् निन्दा कि सं‚तुति ?
आउने छैन त्यो देख्न, उदासिन र गर्वित
शून्यमा नै बिलाएको बिलाएकै हुनेछु म।


मलाई भोक–तिर्खाले चिन्ता–मानापमानले
सक्ने छैन छुनै कैल्यै कुनै विधि–विधानले
हर्ष–बि‚मातले, लोभ, व्यग्रता र विषादले
न त कैल्यै पिरोल्ने छ मलाई अवसादले ।


त्यसैले आज जे गर्छु, गर्छु जीवन निम्ति म
म मृत्युपछिको मीठो सपना साँच्न सक्तिनँ
जति बाँच्नु छ बाँचे म शान–मान–सुनामले
मलाई कहिल्यै कत्ति नछोओस् अभिमानले।


घरको शान्ति चाहन्छु म चाहन्न मसानको
कामना गर्छु मान्छेको विद्वेष–अवसानको
प्यार अर्पिन चाहन्छु, चाहन्छु प्यार पाउन
कसैले नपरोस् कैल्यै अश्रुधारा बगाउन।


परितृप्त र सन्तुष्ट छु आफ्नो जिन्दगीसित
बरू चाहन्छु – होस् मेरो मृत्यु पक्कै सुवासित
सम्मान सबको गर्दै जोगाईकन आबरू
अनुभूतिहरू मीठा सँगाली तृप्तिले मरूँ।


(स्रोत : मधुपर्क २०७० कात्तिक)
Share:

क्षितिज तिर

~लक्ष्मी प्रसाद देवकोटा~ पर पर कुइरी नील किनारा, स्वर्ग झरीकन जिमीमा छुन्छ, लामो सडकमा अडी यसबार, दूर चिहाई दृगले गुन्छ । बहुविध पत्थर कङ्कड, काँढा, बाढी, खाडी, उकाली हुन्छ, ओर्ली किरण र उक्ली डाँडा, दूर शिखरमा स्वर्ग नुहुन्छ ।
Share:

सुदुर यात्राहरु

र्चिविर र्चिविर कराईरहेछन चराहरु टाढा कतै नेपथ्यवाट आईरहेछ आवाज कुखुरी काँ कुखुरी काँ को भाकामा भाले गाईरहेछ सु प्रभाती गीत उठ मेरो प्यारो छोरा उठ, उघारेर हेर मनका पर्दाहरु रक्तिम र सुनौलो भईरहेछ,पूर्वी क्षितिज हेर । चारैतिर हेर।
Share:

आत्महत्या

बिहानै गाउमा हल्ला फैलिन्छ फलानो त मरेछ छिमेकिहरु भेला हुन्छ्न रुदारुदै बेहोस भयकी मेरि आमालाइ समाल्ने पर्यास गर्छ्न केही महिलाहरु। जस्तोसुकै परिस्थितिमा पनि आफुलाइ अनि पुरै परिबार लाई समाल्न सक्ने मेरो बुबा आज आफुलाइ समाल्न नसकेर मेरो लासलाइ हेर्दै बरबर आँसु झार्नुहुन्छ । गलत बाटोमा लाग्ला भनेर आफ्नो भन्दा धेरै ख्याल गर्ने मेरो दाजु आज मेरो लास हेर्न नसकेर कुनै कुनामा बसेर रुन थाल्छ्न । आफुलाइ भन्दा धेरै माया गर्ने मेरा दिदिबहिनी मेरो लास्लाइ झम्टइदै रुन थाल्छ्न गाउका मानिशहरु भेला भयर जति सक्यो छिटोभन्दा छिटो मेरो लासलाइ पार लगाउने तयारिमा लाग्छ्न। मैले लागायका सबै कपडा हरु फुकाल्न थालिन्छ । म सुत्ने बिस्तारा सफा गरिन्छ म सग सम्बन्धित सबै बस्तुहरु खोलामा लगेर बगाइन्छ ।मेरो शरीरमा कात्रो ओढाइन्छ । बासको अर्थिमा मेरो लास्लाइ राखेर रसि ले बाधिन्छ । बिहेमा जन्ती जान तयार भयजस्तै अब मलामी जान तयार हुन्छ्न। तेहि मलामिको भिडमा मेरै गाउको एउटा ब्यक्ती आफ्नो गोजिमा तास बोकेर आउँछ किन तास बोकेर आयको भन्ने पर्स्नमा उसले उतर दिन्छ " तेत्रो बेर लास जलुन्जेल के गरेर बस्नु त्यहाँ ?"लास लगेर कुनै नदिको किनारमा बिसाइन्छ । म आफ्नो लासलाइ हेर्दै सोच्न थाल्छु । मेरो मिर्तुले कस्लाइ फरक पर्यो यहा ? म सग मिल्ने साथी 1 हप्तामा मलाइ बिर्सन्छ । म तिमी बिना बाच्नै सक्दिन भनेले 2/4 महिना मै अर्कै सग माया प्रेम मा मस्त भयको देख्छु म । फेसबुकमा मिस यु लेखेर पठाउने हरु रिप लेखेर कर्तव्य पूरा गरेको देख्छु । मेरो मिर्तुले एकदिन म पढेको बिधालय वा कलेज बिदा हुनेछ। अनि तेहि बिदाको दिन सबैको लागि रमाइलो गरने दिन अनि घुम्न जाने दिन बन्छ । यदि झुकियर कलेज छुट्टी भयको दिन पर्यो भने मलाइ गाली गर्न पनि पछि पर्दैनन कोहि बिद्यार्थी हरु। लास जलाउने समय हुन्छ । मेरो लासलसी दागबती दिदा मेरो बुबाको मनमा के गुज्रिएको होला ? जुन हातले समातेर हिंड्न् सिकाउनु भयो । जुन हातले समातेर लेख्न सिकाउनु भयो तेहि हातले जलाउदा सायद मनमा मेरो बुबा पक्कै पनि जिउदो हुनुहुन। यो दिन देख्नको लागि पक्कै पनि मेरो आमाले जन्न्म दिनु भयको होइन । म मर्नु को सटा बरु आफै मरेको भय हुन्थ्यो भनेर सोच्ने केबल मेरो बुबा आमा मात्र हुनुहुन्छ । मैले किन गरे आत्महत्या ? पछुतो लाग्छl अब म फर्कियर गएर मेरा रोहिरहेका बाबू आमा को आँसु पुछ्न सक्दिन। न त मेरो गल्ती नै सुधारन सक्छु। result: suicide is not solution
Share:

Sports

Popular

Unordered List

  • .

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.